निजी जग्गा मिचेर पिच गरिएको भन्दै धार्केमा सडकमै किला गाडेर लगाइयो तारबार

Thankot Times

थानकोट ।

धादिङको धार्के सडकमा नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयबासीले तारबार लगाएका छन् ।

 निजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरिएको भन्दै उनीहरुले तारबार लगाइदिएका हुन् ।

नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीका अनुसार धुनिबेसी नगरपालिका–५ मा पर्ने बिमला महर्जनको ३ रोपनी १५ आना २ पैसा जग्गामा मापदण्ड विपरीत पिच गरिएकाले उनलाई न्याय दिन तारबार लगाइएको हो ।

सायमीले भने, ‘बिमला महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन सडकमै तारबार लगाइएको छ ।’

तारबार गर्ने कार्यक्रममा परिषदका संयोजक सुमन सायमी, हलिं नेवा: गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, विकास घिमिरे, बेबी राजभण्डारी लगायतको उपस्थिति थियो ।

धार्के-सितापइला सडक खण्डमा सो तारबार लगाइएको हो। 

तस्बिरःसामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *