कार अनियन्त्रित भई रुखमा ठोक्किँदा उदयीमान चिकित्सकले ज्यान गुमाए
थानकोट ।
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहेका छन् ।
आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा १५ च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए।
घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।
तस्बिर: सामाजिक सञ्जालबाट












