यसवर्ष दसैंका लागि नोट सटही भदाै २९ गतेदेखि, नयाँ नोटको सट्टा सफा नोट

Thankot Times

थानकोट ।

यसवर्ष दसैंका लागि नयाँ नोट (सुकिला नोट) को सटही भदौ २९ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

यस वर्ष असोज ६ गते घटस्थापना परेको छ, विजया दशमी असोजको १६ गते परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *