इन्द्रजात्राको यःसी (लिंगो) नगर प्रवेश

थानकोट ।

इन्द्रजात्राका निम्ति काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात् लिंगो नगर प्रवेश गराइएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतमा यो वर्षको इन्द्रजात्राका निम्ति लिंगोे नगर प्रवेश गराइएको हो ।

समितिले दिएको साइतअनुसार आइतबार बिहान काठमाडौंको भोटाहिटीबाट लिंगो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।

लिंगोलाई यही भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान (ठड्याउने काम) गरिने तय भएको छ ।

इन्द्रध्वजोत्थानपश्चात् भदौ २१ गते इन्द्रजात्रा पर्व मनाइने स्थानीय राजन महर्जनले जानकारी दिए । जात्राका क्रममा जीवित देवी कुमारीलाई तल्लो र माथिल्लो टोलको यात्रा गराइने परम्परा रहेको उनले बताए ।

जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत थालिएको छ ।

तीन वटै रथ तान्न सुरु गरिने इन्द्रजात्राको मुख्य दिन अवलोकनका निम्ति राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ