बुटवलमा बिजुलीको तारमा रुख खस्दा चन्द्रागिरिमा समेत विद्युत अवरुद्ध !

Thankot Times

थानकोट ।

केही बेरअघि बिजुली गएको थियो नि !

सो बखत काठमाडौं उपत्यकासहित देशका जिल्लाहरूमा एकसाथ बिजुली काटिएको बताइएको छ ।

बुटवल अमराई प्रसारण लाइनमा रुख ढलेर तारमा क्षति पुर्‍याएपछि बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बुटवलमा ट्रिपिङ सुरु भएपनि उदयपुर सिन्धुली लगायतका जिल्लामा पनि विद्युत् अवरुद्ध भएको हो ।

अहिले चन्द्रागिरि नगरसहित विभिन्न स्थानमा बिजुली सेवा सुचारु भइसकेको छ ।

केही स्थानमा भने मर्मत भइरहेको नेपाल विद्युत प्राधिकरणको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ