सिन्धुपाल्चोककी गङ्गा सोनामलाई नेपाल आइडल सिजन ६ को उपाधि

Thankot Times

थानकोट ।

गायन रियालिटी शो नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् ।

गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् ।

यस सिजनमा बबिता थापा मगर दाेश्राे र दर्शना गान्धारी तेश्राे घोषित भए ।

थापाले १० लाख रूपैयाँ र गान्धारीले पाँच लाख रूपैयाँसहित उपहार प्राप्त गरेका छन् ।

यस्तै अभिनय खाति चौथो र मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाएका छन् ।

उनीहरू दुवैले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको बताइएको छ ।

यसअघि नेपाल आइडलमा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गएको वर्ष करण परियार विजेता बनेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ