नेपालमा एकाबिहानै भूकम्पको धक्का
थानकोट ।
गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज (मंगलबार) बिहान ६:१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।


















