बार्दलीबाट २२ जना जुवाडे पक्राउ, १० लाख ७१ हजार नगद बरामद, पक्राउ पर्नेमा ६ जना महिला
थानकोट ।
अवैध रुपमा जुवा खेलाउँदै आएको गिरोहलाई नुवाकोट प्रहरीले बुधबार एकैपटक २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
नुवाकोट प्रहरीले शिवपुरी गाउँपालिका–५ गुर्जेस्थित बार्दली इन होटलबाट जुवा खेलाउने गिरोहसहित २२ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ६ जना महिला समेत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ परेकाहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ नगद र र ३१ थान कौडा बरामद गरेको छ।
पक्राउ परेका २२ जनामाथि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले विगतदेखि काठमाडौंमा जुवा खेलाउँदै आएका थिए ।


















