घुम्तीनिर लेट भयो कि गायिका गुरुङको निधन

Thankot Times

थानकोट ।

 लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी सुप्रसिद्ध गायिका इन्दिरा गुरुङ गोलेको निधन भएको छ ।

उनी क्यान्सर रोगले ग्रस्त थिइन् ।

चाँगुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनको ख्याति बढेको थियो । 

 उनले सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।

गोलेले काठे लोकदोहोरी, पश्चिमेली लोकदोहोरी, तामाङ सेलो, देउडा जस्ता हजारौ गीतमा स्वर दिइसकेकी छन्। गायिका गोलेलाई केही वर्ष पहिले पाठेघरको क्यान्सर भएको थियो। पछि उनमा आन्द्रामा क्यान्सर देखिएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ