नेपाल टेलिकमबाट फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द, एनसलेपनि जारी गर्यो सूचना

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ ।

सरकारको निर्णय कार्यान्वयन गर्दै टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।

बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही बमोजिम प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन गरेको थियो ।

प्राधिकरणको निर्देशनपछि आज टेलिकमले सूचना जारी गर्दै दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।

यसअघि एनसेलले पनि दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको सूचना जारी गरिसकेको छ ।

याेसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *