नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङले सम्हाले प्रहरी कमाण्ड, यस्तो छ पहिलो निर्णय

Thankot Times

थानकोट ।

नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीका लागि ‘किरिया पुत्री भवन’ निर्माण गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार बैठकले प्रहरी सेवामा बहाल रहेका तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निधनपश्चात् गरिने आशौच संस्कार (किरिया पुत्री) को लागि काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्ने निर्णय गरेको हो । यो सुविधा प्रदेश स्तरमा समेत क्रमशः विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा जारी विज्ञप्तिमा उक्त भवन प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई शोकको घडीमा सुविधा दिन निर्माण गर्न लागिएको उल्लेख छ ।

नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङले बिहीबार पदभार ग्रहण गरेसँगै यस्तो निर्णय गरिएको हो ।

तस्बिरः नेपाल प्रहरी । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *