अमेरिकाले डिपोर्ट गरेका दुईजना महिलासहित १९ जना नेपाली काठमाडौं आइपुगे

Thankot Times

थानकोट।

संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन्।

डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।

प्रतिनिधि तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *