कीर्तिपुरमा पानीट्याँकर दुर्घटना, घाइते कीर्तिपुर अस्पतालमा, चालकले मापसे गरेको आशंका

Thankot Times

थानकोट ।

सोमबार बिहान कीर्तिपुरमा पानी बोक्ने एउटा ट्याँकर दुर्घटनामा परेको छ ।

स्थानीयका अनुसार कीर्तिपुर ढल्पा गणेश मन्दिर सोमबार बिहान प्रदेश ३ ००४ क ३५३० नम्बरको ट्याँकर पल्टिएको हो ।

सो क्रममा ट्याँकरमा सवार एक जना बालिका घाइते भएकी छन, उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

ट्याँकरका चालकसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चालकले मापसे गरेको अनुमान गरिएको छ । अहिले घटनास्थलमा प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन् ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *