जेनजी प्रदर्शनः चन्द्रागिरिका २० वर्षीय युवासहित कैंयन घाइते, विभिन्न अस्पतालमा उपचार जारी
थानकोट ।
सोमबार काठमाडाैंमा प्रदर्शनमा उत्रिएका युवाहरूमा बानेश्वर क्षेत्रमा प्रहरीले दमन गर्दा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
मृतक कतिपयको पहिचान खुलेपनि कतिपयको सनाखत हुन बाँकी रहेको छ ।
मृतकहरू मध्ये एक जना कीर्तिपुर निवासी ४२ वर्षीय युवा पनि रहेको बताइएको छ । उनको महांकालस्थानस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
काठमाडाैंमा जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, कीर्तिपुरका एकसहित ४ जनाको सनाखत
यस्तै, प्रदर्शनमा सयाैं जना घाइते भएका छन् ।
विभिन्न अस्पतालमा ती घाइते उपचार जारी छ ।
अस्पतालहरूले उपचाररत घाइतेहरूको विवरण सार्वजनिक गरेका छन् ।
जसमा ट्रमा सेन्टरमा चन्द्रागिरिका २० वर्षीय सही अहमद पनि रहेका छन् ।
ट्रमा सेन्टरमा मात्रै ५० जना घाइते उपचाररत छन् (सूचि हेर्नुहाेस्)। अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।


















