इटहरीमा जेन जी प्रदर्शन, कर्फ्यु जारी, गोली लागेर एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

सोमबार जेन जी प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान भने हुन बाँकी छ ।

आन्दोलन उग्र बनेपछि प्रशासनले इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

पूर्वमा मिलनचोकदेखि जुटविकास हुँदै अख्तियार कार्यालयसम्म, पश्चिममा कलङ्कीचोक, उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्मको क्षेत्र कर्फ्यु आदेशको दायरामा परेको छ ।

इटहरी उपमहानगरभित्र प्रवेश गरी आन्दोलनकारीहरूले आक्रमण र आगजनी सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि स्थल छाडेर भाग्न बाध्य भएका थिए । इलाका प्रहरी कार्यालय इटहरीमा आक्रमण, आगजनी र तोडफोड गर्ने प्रयासपछि प्रहरीले गोली चलाउनुपरेको प्रशासनले जनाएको छ ।

सुनसरी र रुपन्देहीमा पनि कर्फ्यू जारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *