अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न आग्रह
थानकोट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पातललाई जानकारी प्रदान गर्न हटलाइन “१११५” रातभर सञ्चालन गर्ने भएको छ। जेनजीको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उद्धेश्यले मन्त्रालयले उक्त सेवा रातैभर सञ्चालन गर्ने भएको हो ।
मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भए सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।
यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो। तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो।












