कलंकीलगायत यी क्षेत्रमा अहिले बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यू लागु हुने
थानकोट ।
काठमाडाैंमा अहिले बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यू लागु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ ।
काठमाडाैं महानगरपालिका अन्तर्गत काठमाडाैं चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखी कोटेश्वर चोक, सिनामंगल, गाैशाला, चावहिल, नारायणगोपाल चोक, गाेङ्गबु, बालाजु, स्वयम्भू, कलंकी बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा सो कर्फ्यू लागु हुने छ ।
जिल्ला प्रशासन कार्यालयबाट जारी आदेश पढाैंः


















