कीर्तिपुर नगरपालिका भवनमा आगजनी

Thankot Times

थानकोट ।

प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेका छन् ।

“नगरपालिका भवनमा आगजनी भएको छ,” कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनीता)ले भनिन्, “प्रदर्शनकारी भएकाले आगो निभाउन दमकल पनि आउन सकेको छैन ।”

उपप्रमुख शाक्यका अनुसार प्रदर्शनकारीले नगरपालिकाको पानी ट्याङ्करमा पनि आगजनी गरेका छन् ।

प्रदर्शनकारीले बिहान १० बजे नै आएर नगरपालिकामा ताला लगाएर गएका थिए ।

त्यसको केहीबेरपछि फर्केर उनीहरूले नगरपालिका भवनमा आगो लगाएको उपप्रमुख शाक्यले बताइन् ।

कीर्तिपुरस्थित पुरानो प्रहरी चाैकी भवनमा समेत आगो लागेको दृश्य सामाजिक सञ्जालमा भेटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *