सेनासँग वार्ता गर्न तयार रहनू भन्दै महानगर प्रमुख बालेनले लेखे स्टाटस
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,’ उनले भनेका छन् ।
त्यस्तै, बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । ‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले फेसबुकमा लेखेका छन् ।












