संयमता अपनाउन वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको अपिल
थानकोट ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा. सन्दुक रुइतले जेनजी प्रदर्शनकारीहरूलाई संयमता अपनाउन अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराएका छन् ।
उनले भनेका छन्, ‘भाइबहिनीहरू, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएको दोहोर्याउँदै उनले भने, ‘सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिऊँ । संयम बनौं, सबै मिलेर देश जोगाऊँ, सबै जुटेर देश बनाउँ ।’












