काठमाडाैं महानगरका प्रमुख बालेनको आग्रह- देश बनाउने तपाईंहरूले नै हो, अब घर फर्कनुहोस्
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले प्रदर्शनमा रहेका जेनजीहरूलाई घर फर्कन आग्रह गरेका छन् ।
उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत अबको क्षति तपाईं/हाम्रो नै हुने भन्दै घर फर्किन आग्रह गरेका हुन् ।
‘देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


















