त्रिभुवन विमानस्थल आज साँझ ६ बजेसम्म बन्द रहने

Thankot Times

थानकोट ।

विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६:०० बजेसम्म नखुल्ने भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् ।

यसअघि आज मध्याह्न १२:०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *