त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
थानकोट ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चित कालीन बन्द भएको छ ।
मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन् ।
विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।
यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।


















