जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको बयोधा अस्पतालमा मृत्यु
थानकोट ।
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ।
बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो।
मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएर अस्पताल लगिएको थियो।

















