भद्रकालीस्थित सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद उत्रिए जेन जेड

Thankot Times

थानकोट ।

सरकारको नेतृत्वको विषयमा सैनिक मुख्यालय भद्रकाली बाहिर विवाद सुरु भएको छ।

जेन जेड प्रतिनिधिहरू भन्दै युवाहरूले प्रस्तावित नामहरूको विरोध गरेका छन्।

जेन जेडको भर्चुअल बैठकले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सकारको नेतृत्व सुम्पिनेगरी तयारी गरेको छ।

जेन जेडले गरेको भोटिङमा लोकप्रिय मत पाएको आधारमा कार्कीलाई सरकारको नेतृत्व सुम्पिने उनीहरूको तयारी छ।

सोही प्रस्ताव लिएर जंगी अड्डामा वार्ता गर्न जाने तयारी उनीहरूको छ। तर, धेरै समूहका प्रतिनिधिहरू जंगी अड्डामा पुगेपछि सेनाले उनीहरूलाई गेटमै रोकेका थिए।

सेनाले माइकिङ गरेरै उनीहरूलाई नाम र नम्बर टिपाएर भोलि आउन आग्रह गरेका थिए। मुख्यालय बाहिर अहिले पनि युवाहरूको विभिन्न खेमाहरूले वादविवाद गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *