सुशीला कार्कीप्रति समर्थन छ, संसद् विघटन र अन्तरिम सरकार गठन होस्- मेयर बालेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीहरुलाई आग्रह गर्दै भनेका छन्– तपाईंहरुले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ ।”
उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत् यस्तो सन्देश दिँदै अब देश अन्तरिम सरकारतर्फ अघि बढेको र त्यसले देशलाई नयाँ जनादेश दिने काम भएको बताएका छन् ।
उनले चुनावी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने बताउँदै त्यसमा पूर्ण समर्थन रहेको धारणा राखेका छन् ।
उनले राष्ट्रपतिसमक्ष अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्न सुझाव दिएका छन् ।

यस्तो छ बालेनको स्टाटस

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *