प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद
थानकोट ।
मंगलबार र बुधबार देशका विभिन्न भागमा भएको प्रदर्शनमा सुरक्षाकर्मीबाट खोसिएका ३१ थान हतियार बरामद गरिएको छ । नेपाली सेनाले बुधबार (भदौ २५) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।
“काठमाडौंको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको छ,” सेनाले भनेको छ ।
काठमाडौंका गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको पनि सेनाले जनाएको छ ।













