कर्फ्युको समय थपियो, सानो समूहमा कार्य गर्न आग्रह

Thankot Times

थानकोट ।

नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थपेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २७ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको सेनाले जनाएको छ ।

“सुरक्षा परिस्थितिको आधारमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूमा मिति २०८२ भाद्र २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको जानकारी गराउँदछौँ,” सेनाले बिहीबार (भदौ २६) बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन तथा संस्था सञ्चालन गर्न सकिने सेनाले स्पष्ट पारेको छ ।

यो अवधिमा सानो समूहमा मात्र कार्य गर्न सेनाले आग्रह गरेको छ ।

“जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न आग्रह गर्दछौँ,” सेनाले भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *