भाटभटेनीले भन्यो, ‘दुःखद क्षणहरू गुज्रिए, हामी फेरि उठ्नेछौँ’
थानकोट ।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति भोगेको भाट-भटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता जनाएको छ।
फेसबुक पोस्टमा भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।’
कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग पुर्याउने हजारौँ सहयोगी हातहरूको पनि प्रशंसा गरेको छ। पोस्टमा भनिएको छ, ‘हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।’
क्षति ठूलो भए पनि भाट-भटेनीले आफ्नो संकल्प अझै बलियो रहेको उल्लेख गरेको छ। ‘भाट-भटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ पोस्टमा लेखिएको छ।












