धरानको भाटभटेनी सुपर स्टोरमा एकैदिन चार जनाको शव फेला

Thankot Times

थानकोट ।

सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा थप तीन जनाको शव फेला परेको छ।

भदौ २४ गते जेनजी प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा आगजनी तथा लुटपाट भएको हो। त्यस भवनभित्र शुक्रबार थप तीन जनाको शव जलेको अवस्थामा फेला परेको हो।

यसअघि बिहान एक जनाको शव फेला परेको थियो।

त्यही भवनभित्र चार जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जलेखुले जानकारी दिए।

‘कुल ४ वटा हो। कंकाल र खरानी फेला परेको हो। कानुनी प्रक्रिया पूरा गर्‍यौं,’ उनले भने, ‘पहिचानका लागि डिएनएबाट गर्नुपर्ने हुन्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *