नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

Thankot Times

थानकोट ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुकी ९ः५० बजे पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *