चन्द्रागिरि केबलकार आजबाट सुचारु हुँदै, आज दिनभर केबलकारको टिकटमा २५ प्रतिशत छुट

Thankot Times

थानकोट ।

कार्तिक २४ गतेबाट बन्द रहेको चन्द्रागिरि केबलकार आज (मंसिर १५) सोमबारबाट सुचारु हुने भएको छ।

लगातार ६० दिन बन्द भएको चन्द्रागिरि केबलकार कार्तिक २२ र २३ का दिन सञ्चालन भएकोमा प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएपछि अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाएर मर्मत गरिएपछि आज सोमबारबाट पुनः सुचारु हुन लागेको हो ।

अब केबलकार  सेवा नियमित सञ्चालनका लागि कुनै प्राविधिक समस्या नरहेको कम्पनीको दाबी छ ।

सोमबार केबलकारको टिकटमा २५ प्रतिशत छुट दिइने चन्द्रागिरि हिल्सले जनाएको छ ।

केबलकार सेवा बिहान ८ बजेबाट सुरु हुने र साँझ ६ बजेसम्म यात्रा गर्न सकिनेछ ।

भदाै २४ गते थानकोटस्थित चन्द्रागिरि केबलकारको बटन स्टेशन आगजनीपछि चन्द्रागिरि केबलकार सेवा अवरुद्ध बनेको थियो ।

चन्द्रागिरि केबलकारको टिकट दर कति छ ? यो पनि पढ्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *