चन्द्रागिरि केबलकारको टिकट मूल्य बढ्यो, एकतर्फी टिकटको मूल्य अब ४९५ रूपैयाँ

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले केबलकारको टिकट मूल्य बढाएको छ ।

बैशाख १ गते शनिबारबाट लागु हुने गरी टिकट दरमा परिवर्तन गरिएको हो ।

चन्द्रागिरि हिल्सका अनुसार अब केबलकारमा दुईतर्फी यात्रा गर्ने चाहने नेपाली नागरिकहरूले टिकट मूल्य बापत ८२५ रूपैयाँ तिर्नुपर्नेछ । यसअघि सो टिकटको मूल्य ७९९ रूपैयाँ रहेको थियो ।

चन्द्रागिरि केबलकारमा एकतर्फी यात्रा गर्न टिकटको मूल्य बापत अब ४९५ रूपैयाँ तिर्नुपर्नेछ जुन यसअघि ४७५ रूपैयाँ थियो ।

चन्द्रागिरि हिल्सले पछिल्लो पटक २०७९ साल श्रावण १ गते केबलकारको टिकट मूल्य परिवर्तन गरेको थियो । 

२०८१ बैशाख १ बाट लागु हुने चन्द्रागिरि केबलकारको टिकट दर


Leave a Reply

Your email address will not be published. Required fields are marked *