चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी आज बेल्जियम प्रस्थान गर्दै
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी आज शनिबार बेल्जियम प्रस्थान गर्दैछन् ।
मेयर गिरी बेल्जियमको राजधानी ब्रसेल्समा यही दिसेम्बर ८ देखी १० सम्म युरोपियन युनियनको आयोजनामा सञ्चालन हुने अन्तर्राष्ट्रिय साझेदारीका लागि शहरहरू र क्षेत्रहरू २०२५ फोरम: स्थानीयकरण ग्लोबल गेटवे (सिटिज एण्ड रिजन फर इन्टरनेशनल पार्टनरसीप्स् फोरम-२०२५) मा सहभागिताका लागि सो तर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनी शनिबार साँझ नियमित उडान मार्फत बेल्जियमको ब्रसेल्सतर्फ जाने मेयर गिरीको सचिवालयले जनाएको छ ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी बेल्जियम जाँदै, युरोपियन युनियनको सम्मेलनमा सम्बोधन गर्ने तालिका
















