पाैष २७ गते कमला कार्की स्मृति दिवस मनाइँदै, ५ जना महिला नगदसहित सम्मानित हुने
थानकोट।
नेपाल पत्रकार महासंघ संघीय अध्यक्ष पत्रकार निर्मला शर्मा पुस २७ गते आइतबार चन्द्रागिरि नगरपालिका नैकापमा हुने कमला कार्की स्मृति प्रतिष्ठानको दशाैं स्मृति दिवसको प्रमुख अतिथिका रूपमा आमन्तित्र हुने भएकी छन् ।
प्रतिष्ठानले चन्द्रागिरि नगरमा बसोबास गर्दै विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याति कमाएका ५ जना महिला र महिलासँग सम्बन्धित रहेर काम गर्ने एक संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ।
यो वर्ष प्रतिष्ठानले दशाैं स्मृति दिवस मनाउन लागेको हो । सम्मानित हुने सबैले जनही १५ हजार १ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।महिलासँग सम्बन्धित संस्थाले १ लाख १ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
प्रतिष्ठानले गत वर्ष जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित थानकोटकी एलिना महर्जन, पत्रकार महिलातर्फ पुष्पा शर्मा, खेलकुदतर्फ बक्सिङ खेलाडी ललिता महर्जनलाई सम्मानित गरेको थियो भने चन्द्रागिरि वडा नं. १४ मा बसोबास गर्ने सबैभन्दा ज्येष्ठ महिला धनमाया श्रेष्ठ र चन्द्रागिरि वडा नं. १५ मा बसोबास गर्ने सबैभन्दा ज्येष्ठ महिला जेष्ठ महिला बेली बेलबासेलाई सम्मानित गरेको थियो । संस्थातर्फ नैकापको बन्थचाः मिसा पूच सम्मानित भएको थियो ।
कमला कार्की स्मृति दिवसः नैकापस्थित बन्थःचा मिसा पूच १ लाख रुपैयाँसहित सम्मानित
नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालय प्राङ्गणमा बिहान १०ः३० बजेबाट सुरु हुने कार्यक्रममा सहभागिताका लागि प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले सबैमा अनुरोध गरेका छन्।

















