प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडौं १० मा एमालेबाट थानकोटका विनोद श्रेष्ठले पाए टिकट

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

काठमाडौं क्षेत्र नं. १० मा सो पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले टिकट पाएका छन् । जिफन्टका अध्यक्षसमेत रहेका श्रेष्ठ चन्द्रागिरि नगरपालिका-०४ थानकोटका स्थानीय हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं क्षेत्र नम्बर १० बाट आसन्न निर्वाचनका लागि १६ जनाले टिकटका लागि दाबी गरेकोमा सो पार्टीको क्षेत्रीय कमिटिको विस्तारित भेलाले ११ जनाको नाम केन्द्रीय कमिटिमा बुझाएको थियो ।

चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस

यस निर्वाचन क्षेत्रमा ८३ हजार ३ सय एक जना मतदाता रहेका छन् । यस क्षेत्रअन्तर्गत चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ गरि दश वटा वडा, कीर्तिपुर नगरपालिकाको १० वटै वडा र दक्षिणकाली नगरपालिकाको ९ वटै वडा गरि २९ वटा वडा पर्दछन् । 

४७ मतदान स्थल रहेको काठमाडौं क्षेत्र नम्बर १० मा ९८ वटा मतदान केन्द्र रहनेछन् । २०७९ को चुनावमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी पहिलो हुँदा नेकपा एमालेका हिमेश केसी दोश्रो, रास्वपाका प्रदिप विष्ट तेस्रो बनेका थिए । 

नेकपा एमालेले फागुन २१ को चुनावका लागि काठमाडाैं क्षेत्र नंं १ मा मोहन रेग्मी, क्षेत्र नंं २ मा मणिराम फुयाल, क्षेत्र नं. ३ मा रामेश्वर फुयाल, क्षेत्र नं. ६ मा अमन कुमार मास्के, क्षेत्र नंं ८ मा राजेश शाक्यलाई टिकट दिएको छ । अन्य क्षेत्रमा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका अनुसार यही माघ ६ गते मंगलबार उम्मेदवारहरूको मनोनयन हुँदैछ ।

मूल तस्बिरः विनोद श्रेष्ठको फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ