साफ पुरुष फुटसल च्याम्पियनसिप : नेपाल र माल्दिभ्सबीच आज खेल हुँदै
थानकोट ।
नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिपमा आज (माघ ८) माल्दिभ्ससँग खेल्दै छ ।
खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सम्पन्न पाकिस्तान र भारतसँग क्रमशः ४–४ र ३–३ को बराबरी गरेको थियो भने श्रीलंकाविरुद्ध २–१ को जित निकालेको छ ।
यता, माल्दिभ्स भने लगातार चौथो जितको खोजीमा रहनेछ । हालसम्म अपराजित रहेको माल्दिभ्सले यसअघि सम्पन्न खेलमा भारतलाई ५–०, भुटानलाई ४–१ र बंगलादेशलाई ६–१ ले पराजित गरेको थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा पहिलोपटक साफ फुटसल च्याम्पियनसिप आयोजना भएको हो । प्रतियोगितामा दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको छ ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीमा सञ्चालित यो प्रतियोगितामा शीर्ष टोलीले उपाधि उचाल्नेछ ।
यो पनि पढ्नुहोस्ः
साफ महिला फुटसल च्याम्पियनसिपः नेपालको दोश्रो जित, उपाधि सम्भावना समाप्त















