सांसद् रमा आलेमगरमा कलेजो प्रत्यारोपण सफल
थानकोट ।
बागमती प्रदेश सभा सदस्य रमा आलेमगरमा गरिएको कलेजो प्रत्यारोपण सफल भएको उनको सचिवालयले जनाएको छ ।
भारतस्थित मेदान्त अस्पतालमा उपचाररत आलेमगरमा बुधबार (माघ ८) कलेजो प्रत्यारोपण गरिएको थियो ।
कलेजोसँग सम्बन्धित रोगका कारण करिब ३ साता काठमाडाैंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत आलेमगर थप उपचारका लागि गत मंसिर १२ मा भारत गएकी थिइन् ।
















