थानकोट-चित्लाङ सडकमा मोटरसाइकलमाथि चढेर सेल्फी खिच्दा निम्तिएको विपद्

Thankot Times

थानकोट ।

काठमाडाैंबाट मकवानपुरको चित्लाङ जाँदै गरेको भे ८ प ६४१५ नम्बरको मोटरसाइकल शनिबार दिउँसो थानकोट पानीघाट नजिकै सेतो पहरो भन्ने स्थानमा दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार दुवै जना घाइते भएका छन् ।

दिउँसो करिब १ बजेर ४० बजे समयमा भएको सो दुर्घटनामा परि घाइते हुनेमा बाजुरा घर भई चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १६ का दिनेश शाही र निशान आलेमगर रहेका छन् ।

दुवैजना मोटरसाइकल माथि चढेर सेल्फी खिच्ने क्रममा मोटरसाइकलसहित भीरमा खसेका थिए । सो पछि स्थानीयसमेतको सहभागितामा प्रहरीले उनीहरूको उद्दार गरेको थियो ।

घाइते मध्ये निशान आले मगरको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

थानकोट-चित्लाङ सडकको सेतो पहराबाट मोटरसाइकल खस्यो, एक जनाको अवस्था गम्भीर

दुर्घटनामा गम्भीर घाइते भएका दिनेश शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तस्बिर स्रोतः नेपाल प्रहरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *