सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः पिस प्वाईन्टसामु सनसाइन निरिह, आज दुई खेल हुने
थानकोट ।
कीर्तिपुरमा माघ १८ गतेदेखि जारी सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताअन्तर्गत सोमबार (माघ १९) सम्पन्न खेलमा पिस प्वाईन्ट स्कुल, बानेश्वर काठमाण्डौँ विजयी भएको छ ।
प्रतियोगिताको दोश्रो खेलमा पिस प्वाईन्ट स्कुलले चन्द्रागिरि नगरपालिका-०५ को सनसाइन स्कुलमाथि १२-० गोल अन्तरको जित निकाल्न सफल रहयो ।
पिस प्वाईन्टका लागि खेलमा राहुल लामाले ४ गोल, सुमन विक्रम ठकुरीले ३ गोल, आयुष लिम्बु ले २ गोल र सागर नेपाली, हिमाल थिङ्ग, कन्जो लामाले समान १-१ गोल गरेका थिए ।
खेलमा ह्याट्रिक सहित ४ गोल गरेका राहुल खेलको प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगता अन्तर्गत आज मंगलबार पहिलो खेल ब्राईट एन्जल स्कुल, चन्द्रागिरि नगरपालिका-७ विरुद्ध ब्राईट होराईजन चिल्ड्रेन्स होम, चन्द्रागिरि नगरपालिका-८ बीच खेल हुने तालिका छ भने दिनको दोस्रो खेलमा नेपाल पुलिस स्कुल, साँगा, काभ्रे विरुद्ध पेगासस् स्कुल, गोकर्णेश्वर, काठमाण्डौँ बीच हुने खेल तालिकामा रहेको छ ।
प्रतियोगितामा १५ टिम सहभागी छन् । जसमा काठमाडाैं उपत्यकाका ११, काभ्रे, बाँके र सप्तरीका १-१ विद्यालय गरी १५ टिमबिच लिगकम नकआउटका आधारमा खेल सञ्चालन भइरहेका छन् ।
प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुरका रातो र निलो दुई टिम, नेपाल एपिएफ, कोहलपुर, नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत, सप्तरी, सैनिक आवासीय महाविद्यालय, भक्तपुर, नेपाल पुलिस स्कुल, साँगा, राई स्कुल, जेम्स, डिएभी, ब्राइट होराइजन चिल्ड्रेन्स होम, पिस प्वाइन्ट, ब्राइट एन्जल, पेगासस स्कुल, सन साइन स्कुल र बाघ भैरव स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले ६० हजारसहित ट्रफी पाउने छ।
दोस्रो हुने टिमले ट्रफीको साथमा २० हजार र तेस्रो हुने स्कुलले १० हजार पुरस्कार पाउने छन्।
प्रतियोगितामा फेयर प्लेयर, बेस्ट गोल किपर, बेस्ट प्लेयर र हाइ स्कोररले पुरस्कार पाउने छन्। फागुन ८ गते प्रतियोगिता समापनको तालिका रहेको विद्यालयले जनाएको छ ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलले वर्षेनी यस प्रतियोगिता आयोजना गर्ने गरेको छ । गतवर्ष सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि घरेलु टोली नेपाल एपीएफ स्कुलको ए टीमले जितेको थियो ।
दोश्रो सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ स्कुललाई















