सुनको भाउ घट्यो
थानकोट ।
नेपाली बजारमा आज सोमबार (फागुन ४) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख दुई हजार ८ सय रुपैयाँ खर्चिनुपर्नेछ ।
आइतबार तीन लाख पाँच हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन चार हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको सुन यस दिन चार हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।

















