काठमाडाैं पैदलयात्रीलाई पिट्ने सवारीचालक पक्राउ, भिडियो सामाजिक सञ्जालमा भाइरल
थानकोट ।
काठमाडाैंमा गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा कार चालक पारस बमलाई पक्राउ गरेको हाे।
अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ ।
उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए ।
पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ ।
त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।
ट्राफिक प्रहरीले घटनाको विवरण अनुसार आवश्यक कारबाही अघि बढाएको जनाएको छ।


















