नेपाली बजारमा सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

यो साताको पहिलो कारोबार दिनदेखिनै घट्न थालेको सुनको मूल्य बुधबारसम्म तोलामा ५ हजार ४ सय रूपैयाँले घट्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रूपैयाँले घट्दै ३ लाख ४ सय रूपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घट्दै ४ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन हिजो मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *