अण्डाको मूल्य बढ्यो
थानकोट ।
नेपाल लेयर्स संघले आज बुधबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।
संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेटकाे ३७५ रुपैयाँ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ ।
संघका अनुसार प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।


















