कानुनभन्दा माथि कोही छैनः बनेपामा दुर्घटना गराएको टिपरमा आगजनी गर्ने १३ जना पक्राउ

Thankot Times

थानकोट ।

काभ्रेको बनेपामा टिपरमा आगजनी गरेको अभियोगमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार बिहान बनेपास्थित चाँदनी चोकमा प्रहरीमाथि ढुंगामुढा र टिपरमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि उनीहरुले टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । दुर्घटनामा घाइते भएका स्कुटर चालक ३० वर्षीय ओमन प्रधानको शीर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २६ वर्षीय विदुर बुढाथोकी, ३२ वर्षीय राम बहादुर माझी, २३ वर्षीय विकाश राय, २२ वर्षीया रेनुशा मोक्तान, ३२ वर्षीय श्याम मानन्धर, २९ वर्षीया कविता रसाईली, २५ वर्षीय सरोज पराजुली छन् ।

यस्तै, २१ वर्षीय रवि थापा, २८ वर्षीय नवीन तामाङ, ४० वर्षीय उमेश खत्री, २१ वर्षीय सिजन श्रेष्ठ, १९ वर्षीय सुदर्शन तिमिल्सिना र बारा घर बताउने ३९ वर्षीय नगेन्द्र शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालतबाट फागुन ६ गतेबाटै लागु हुने गरी दिन ७ को म्याद अनुमती लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *