आईसीसी टी-२० विश्वकप क्रिकेट ‘सुपर-८’: पहिलो खेल वर्षाले अवरुद्ध, आज २ खेल हुने
थानकोट ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेलेमा घरेलु टोली श्रीलङ्का र इङ्ग्ल्यान्ड खेल्दैछन् ।
यस्तै दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिका खेल्दैछन् ।
श्रीलङ्का समूह ‘बी’ बाट र इङ्ग्ल्यान्ड समूह ‘सी’ बाट उपविजेता बन्दै ‘सुपर–एट’ मा पुगेका हन् । यस्तै भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् ।
यसैबीच हिजो ‘सुपर–एट’ काे पहिलो खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण पाकिस्तान र न्युजिल्यान्डबीचकाे खेल हुन सकेन ।
योसँगै पाकिस्तान र न्युजिल्यान्ड दुवैले १–१ अङ्क बाँडेका छन् ।
‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।


















