आहा रारा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबलाई

Thankot Times

थानकोट ।

२५औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।

आज पोखरा रंगशालामा भएको खेलमा जावलाखेल युथ कलबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि जितेको हो । सहाराका लागि टाये डिनियल बादारु र मुकुन्द निउरेले गोल गरेका थिए ।

यो जितसँगै सहारा क्लबले नगद १४ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको जावलाखेलले ७ लाख रुपैयाँ प्राप्त गर्यो ।

गत माघ २७ गतेदेखि शुरु भएको प्रतियोगितामा स्वदेशी र विदेशी गरि १२ टिमको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *