कीर्तिपुरमा ५ वर्ष रजगज गरेका एमालेका पूर्व मेयर रमेश महर्जनले रोजे नेकपा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन नेकपामा प्रवेश गरेका छन् ।

आइतबार महर्जनसहित कीर्तिपुरका केही वामबुद्धिजिवीहरू नेकपाको सदस्य बनेका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा महर्जनले ७ हजार ३ सय ६० मत ल्याउँदै कीर्तिपुरको मेयर बनेका थिए । सोही वर्ष कीर्तिपुर वडा नम्बर ६ मा वडाध्यक्ष जितेका न्हुच्छे बहादुर महर्जनपनि नेकपा पुगेका छन् ।

कीर्तिपुर क्षेत्रका तत्कालीन समयका लोकप्रिय मत ल्याएका दुईजना नेताहरुले नेकपा रोजेपछि पेरिस डाडाँमा उनीहरूको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरेका छन् ।

चुनाव मझेरीमा पुग्नै लाग्दा काठमाडाैं क्षेत्र न. १० को निर्णायक मत रहेको कीर्तिपुर नगरका पूर्व मेयर महर्जनको कित्ता परिवर्तनले यस क्षेत्रमा नेकपा एमालेले प्राप्त गर्ने चुनावी नतिजामा धेरथोर बाछिटा पर्ने निश्चित छ ।

तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *