प्रतिनिधि सभा सदस्य निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ ।

यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।

“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

प्रतिनिधि सभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *