नागढुङ्गा नाकामा काठमाडाैं भ्याली ट्राफिक प्रमुख

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले नागढुंगा नाकामा यात्रुहरूसँग सोमबार भेटघाट गरेका छन् ।

सो क्रममा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्न उनले चालक तथा यात्रुलाई सम्झाई बुझाई समेत गरेका थिए ।

पछिल्लो समय बढ्दै गईरहेका सवारी दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौँको नागढुङ्गा नाका हुँदै बाहिरिने रात्रिकालिन सवारी साधनका चालक, परिचालक तथा यात्रुहरुलाई उनले ट्राफिक नियम सम्बन्धी जानकारी गराएका थिए ।

लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनमा दुई जना चालक राख्नुपर्ने, सवारी साधनको अवस्था दुरुस्त राखि संयमित भई सीमित गतिमा सवारी साधन चलाउन, जथाभावी ओभरटेक नगरी लेनको पालना गरी सवारी साधन चलाउन र मापसे तथा लापसे गरेर सवारी साधन नचलाउन चालकलाई उनले अनुरोध गरेका थिए ।

साथै, आफु सवार सवारी साधनका चालकले ट्राफिक नियम पालना नगरी लापरबाहीका साथ सवारी साधन चलाएमा सचेत गराउन पनि उनले यात्रुलाई अनुरोध गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *